यी हुन् संसारका सबैभन्दा महंगा फूल, करोडपतिले पनि किन्न सक्दैनन्,,,,,,,….

भर्खरै प्रणय दिवस मनाइएको छ । यो बेला फूलको व्यापार निकै चल्यो । यतिबेला धेरैले फूल किनेर आफ्ना प्रियजनलाई उपहार दिए । तर के तपाइँलाई थाहा छ संसारमा यस्ता फूल पनि छन् जसलाई किन्ने क्षमता करोडपतिमा पनि छैन ।

यो हो जुलियट रोज जसलाई संसारको सबैभन्दा महंगो गुलाफ मानिन्छ । यसको मूल्य १० मिलियन पाउण्ड पर्छ । यसको नेपाली रुपैयाँ झण्डै डेढ अर्ब हुन आउँछ । यो गुलाफ निकै दुर्लभ छ । यसलाई गुलाफको बिरुवा बनाउने फूल विशेषज्ञ डेभिड अस्टिनले कैयौं गुलाफको क्रस गरेर बनाएका थिए । एक रिपोर्टका अनुसार यो दुर्लभ प्रजाति बनाउन उनलाई १५ वर्ष लागेको थियो । २००६ मा उनले यसलाई १० मिलियन पाउण्डमा बेचेका थिए । अहिले भने यो गुलाफको मूल्य केही कम भएको छ । अहिले पनि यसलाई ३ मिलियन पाउण्ड रोज भनिन्छ ।

श्रीलंकामा पाइने कडुपुल फूललाई संसारको सबैभन्दा महंगो फूल मानिन्छ । यसको अहिलेसम्म कुनै मूल्य तोकिएको छैन । रातमा फूल्ने यो फूल केही घण्टाको लागि मात्र फूल्दछ । यसको विषयमा अनेकौं धार्मिक मान्यता पनि छन् ।

शेंजेन नोंग्के आर्किड नामको यो फूललाई वैज्ञानिकले विभिन्न फूहरुको क्रस गरी ८ वर्षमा तयार गरेका हुन् । यो फूल ४ देखि ५ वर्षमा एकपटक मात्र फूल्छ । यसलाई २००५ मा भएको लिलामीमा झण्डै अढाइ करोड रुपैयाँमा बेचिएको थियो ।

तपाईको प्रतिक्रिया