यसरी खुल्यो सी जिनपिङलाई तेस्रो पटक राष्ट्रपति बन्ने बाटो !

चीनले राष्ट्रपति तथा उपराष्ट्रपति दुई कार्यकाल भन्दा बढी नरहने संवैधानिक प्रावधान हटाउने भएको छ। संविधानमा गरिने यो परिवर्तनले वर्तमान राष्ट्रपति सी जिनपिङलाई २०२३ पछि तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने बाटो खोल्नेछ।

चीनको सरकारी समाचार संस्था सिन्हले भर्खरै जनाए अनुसार हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले ‘राष्ट्रपति तथा उपराष्ट्रपति दुई कार्यकाल भन्दा बढी नरहने’ संविधानको प्रावधान हटाउन प्रस्ताव गरेको छ।समाचार संस्था सिन्ह्वाले बैठकले सी चिनफिङको विचारधारालाई संविधानमा समावेश गर्न पनि प्रस्ताव गरेको जनाएको छ।गत कात्तिकमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले सीको विचारधारालाई ‘सी चिनफिङ वाद’को नाम दिएको थियो।

सो सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए।सन् २०१३ मा हु जिन्ताओका उत्तराधिकारीका रुपमा सत्तामा आएका सी चीनमा माओपछिकै शक्तिशाली नेता मानिएका छन्। चीनमा माओको उदयपछि १९५० मा जन्मेका उनी नयाँ पुस्ताका नेता हुन्। उनका पिता चीनका उपप्रधानमन्त्री थिए।राष्ट्रपति बनेदेखि नै सेना र सत्ताका सम्पूर्ण अंगमा पकड जमाएका सी ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अवधारणा अगाडि सारेपछि अन्तर्राष्ट्रिय राजनीतिमा पनि शक्तिशाली बन्दै गएका छन्।केन्द्रीय समितिले संविधान संशोधन गर्ने निर्णय गरेपछि त्यो अडकलबाजी अहिले सत्य सावित भएको छ। सी तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको छ।शनिबार पार्टीको पोलिटब्युरो बैठक बसेको थियो। सोमबारदेखि हुने पार्टीको केन्द्रीय समितिको प्लेनम बैठकमा यो प्रस्तावमा थप छलफल हुनेछ। सो बैठकले पारित गरेको प्रस्ताव वार्षिक संसदीय भेलामा प्रस्तुत गरिनेछ।

तपाईको प्रतिक्रिया