रबिन्द्र अधिकारी र योगेश भट्टराई :मन्त्री बन्नैपर्ने दुई युबा नेताहरु

देशमा अहिले बाम सरकार गठन भएर जनतामा आशाको संचार भएको छ , २५ बर्षमा ३० वटा सरकार बन्ने भत्किने अस्थिरताको कालो बादल हटेर  देश स्थिरता र सुशाशनको दिशामा अघि बढ्दै जान थालेकोमा सबै जनता खुशी हुन थालेका छन्  l संघियता, अधिकार , जातीयता , पहिचान, सहमति सहमति आदिको नारा सुन्दा सुन्दा कान पाकेर वाक्क दिक्क भएका जनताहरु अब स्थिरता र समृद्दीको खोजीमा छन् , त्यसैले समृद्दीलाई आफ्नो एजेन्डा बनाउने नेताहरुलाई जनताले अत्यधिक बहुमतले जिताएको कुरा मंसीरमा भएको चुनाबको नतीजाले स्पस्ट पारिसकेको छ l प्रधानमन्त्रीले डा युबराज खतिवडा जस्ता बौद्दिक व्यक्तिलाई अर्थमन्त्री वनाए संगै सिंगो देशमा आशाको संचार भएको छ  l युबा नेताहरु रबिन्द्र अधिकारी र योगेश भट्टराई जस्ता युबा नेताहरुलाई पनि  मन्त्रिमण्डल बिस्तार हुदा उपयुक्त मन्त्रालयको जिम्मेवारी  दिए हुन्थ्यो भन्ने  जनमानस र युवाहरुमा प्रबल आशा रहेको देखिन्छ l

स्थिरता र समृद्दिको नीतिलाई आफ्नो एजेन्डा बनाएर निरन्तर खटेर आउनुभएका कास्की २ का माननीय युबा सांसद रबिन्द्र अधिकारी एक सक्षम र बौद्दिक नेता हुनुहुन्छ l दुईवटा बिषयमा डिग्री हासिल गर्नुभएका अधिकारी पहिले देखि नै स्थिरता र समृद्दी बिषयमा निरन्तर  पैरवी गर्ने र खटने राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ l  उहाले लेख्नुभएको पुस्तक “समृद्द नेपाल ” बिकास सम्बन्धी चासो राख्नेहरु सबैले गहनातापूर्बक पढने गरेको पाइन्छ l त्यस्तै पत्र पत्रिकाहरुमा बिकास सम्बन्धी  निकै धेरै गहन लेखहरु प्रकाशित गरेर उहाले आफ्नो बौद्दिकताको प्रदर्शन गर्नुभएको छ l  बिकास समितिको सभापति भएर आफ्नो क्षमता  देखाईसक्नुभएका अधिकारी जनता माझ अत्यन्त लोकप्रिय हुनुहुन्छ l त्यही भएर कास्कीका जनताले उहालाई तीन पटकसम्म जिताएर सांसद बनाएर पठाएका छन  l युबा अवस्थामा नै तीन तीन पटक चुनाब जितेर ह्याट्रिक गर्नुभएका अधिकारीबाट जनताले धेरै आशा गरेका छन् l त्यसैले अहिलेको स्थिर र सबल मंत्रीमण्डलमा उहालाई उपयुक्त जिम्मेवारी दिइने आशा सबैले गरिरहेका छन्  l

माननीय सांसद रबिन्द्र अधिकारी र उहाले लेखेको पुस्तक

 

बिकास समितिको सभापति हुदा बिज्ञहरुसंग छलफल गर्दै र कर्मचारीहरुलाई निर्देशन दिदै

रबिन्द्र अधिकारी जस्तै युबा नेता योगेश भट्टाराईबाट पनि जनताले निकै धेरै आशा राखेका छन्  l अनेरास्ववियू को अध्यक्ष्य बनेर लामो समयदेखि संगठनमा खटेर आउनु भएका भट्टराई निकै सक्षम र जुझारु युबा नेता हुनुहुन्छ l कुशल नेतृत्व क्षमता भएका भट्टराईले पार्टी संगठन तथा पार्टी प्रचार विभागमा दिनु भएको योगदानको कारणले नै पार्टीले अहिलेको चुनाबमा यतिको शानदार बिजय हासिल गर्न सकेको हो l उहाको क्षमताबाट प्रभावित भएर नै बर्तमान प्रधानमंत्री केपी ओलीले चुनाबको बेलामा भट्टराईको चुनाब क्षेत्र ताप्लेजुंगमा गएर जनतासंग “तपाईहरु चुनाबमा योगेश भट्टराईलाई जिताएर सांसद बनाएर पठाईदिनुहोस म उहालाई मंत्री बनाएर पठाईदिन्छु ” भनेर जनतासंग बाचा गर्नु भएको थियो l आफुले बोलेको पुर्याएरै छोडने छबि बनाउनुभएका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले योगेश भट्टराईलाई मंत्री बनाउने कुरामा सबै जनताहरु बिश्वस्त  देखिन्छन l

योगेश भट्टराई फाइल  फोटो

कसलाई कुन जिम्मेवारी दिदा ठीक हुन्छ भन्ने कुरा मूर्धन्य राजनीतिज्ञ केपी ओलीलाई थाहा नभएको हैन तर यी दुई युबा नेताहरुलाई छुटाउनै नहुने धारणा राख्छन् जनताहरु l अस्थिरता र बेथितिबाट वाक्क दिक्क भएका जनताहरुले अबको  पांच बर्ष ओली सरकारबाट बिकास र प्रगति हुने निकै ठूलो आशा राखेका छन् l

By: Ashok Neupane

 

तपाईको प्रतिक्रिया